‘परदेशी २’मा प्रशान्त र केकी

विराटनगर, १२ फागुन । शिवरात्रिको अवसर पारेर छायांकन सुरु गरिएको फिल्म ‘परदेशी २’ मा दुई कलाकारहरूको प्रवेश भएको छ ।

‘परदेशी’ को अघिल्लो श्रृंखलामा प्रमुख भूमिका निभाएका गायक तथा अभिनेता प्रशान्त तामाङ फेरि एक पटक फिल्ममा दोहोरिने भएका छन् ।

यसका साथै ‘परदेशी २’ मा अभिनेत्री केकी अधिकारीको पनि प्रवेश भएको छ ।

कथाको मागअनुसार फिल्ममा उनलाई अनुबन्ध गरेको फिल्मका निर्देशक नारायण रायमाझीले जानकारी दिए ।

फिल्ममा रहेका मुख्य अभिनेता गायक प्रकाश सपुतले नेपाली सिनेक्षेत्रमा डेब्यू गर्दैछन् ।

फिल्ममा प्रकाशको जोडीको रूपमा नायिका वर्षा सिवाकोटीलाई देख्न सकिन्छ ।

साथै, प्रकाशका भाई देवेन्द्र बब्लु, अभिनेता नीर शाहलाई पनि प्रमुख भूमिकामा छन् ।

फिल्मको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ ।

‘परदेशी’को दोस्रो सिरिजको रूपमा तयार हुँदै गरेको फिल्म रोजगारीको शिलशिलामा परदेश गएका युवाहरूको कथाव्यथामा आधारित रहेको बताइन्छ ।

वि.स २०७२ सालमा रिलिज भएको फिल्म परदेशीले दर्शकको मन जित्न सफल भएपचि ‘परदेशी २’ बन्न लागेको हो ।

Loading...