‘धुलो’ को आइटम गीत ‘चार सय चालिसको बिजुली’ (भिडियोसहित)

विराटनगर, १२ फागुन । १६ फागुनमा प्रदर्शनमा आउने फिल्म ‘धुलो’ को आइटम गीत सार्वजनिक भएको छ ।

फिल्ममा समवेध गरिएको ‘चार सय चालिसको बिजुली’ बोल रहेको आइटम गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा केशव मिश्रको शब्द, दुर्गा खरेलले स्वर तथा जुगल डंगोलको संगीत रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा बुद्धि तामाङ, अग्रज केसी र दीपाशा विसीको प्रस्तुति देख्न सकिन्छ ।

सुकुम्बासी बस्तीका दुई मजदुरले आफू डान्सबारमा गएको कल्पनालाई भिडियोमा प्रस्तुत गरिएको हो ।

सुवास सिंह बस्न्यातको लेखनमा तयार फिल्मले गरिब परिवारले जिउन, शिक्षा, स्वास्थ्य, र रोजगारीका लागि गरेको दौडधुपलाई देखाउने छ ।

प्रद्युम्न मिश्रले डेब्यु निर्देशन रहेको फिल्मलाई रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई सामाजिक विषयवस्तुमा निर्मण गरिएको हो ।

फिल्ममा बद्धि र अग्रजका साथ श्रृजना सुब्बा प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, नीर शाह, सुशील पोखरेल, लक्ष्मी बर्देवा र बाल कलाकार सुदीप कार्कीलगायतका कलाकारको अभिनय छ ।

रबिन आचार्यको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्ममा लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता र दीपा धरेल सह निर्माता हुन् ।

Loading...