सुनको भाउमा नयाँ कीर्तिमान, नाघ्यो ८० हजार

काठमाडौं, १२ फागुन । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको छ ।

यो हालसम्मकै सबैभन्दा धेरै मूल्य हो ।

महासंघका अनुसार चीनलगायतका देशमा कोरोनाभाइरसको प्रकोप बढेपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको हो ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

Loading...