यस कारण हुन्छ शरीरमा दुखाइ, यस्तो छ बच्ने उपाय

विराटनगर, १२ फागुन । कतिपय अवस्थामा हामीलाई हिड्न, बस्न शरीरमा दुखाईको कारण कठिनाइ हुने गर्छ । हामी शरीरमा पिडा भएको गुनासो पनि गर्छौ ।

शरीरमा विशेष गरी जोर्नी र मांशपेशीमा दुखाइ हुन्छ ।

यसको समाधान पनि हामीसँगै हुन्छ । सामन्य दुखाईमै औषधि खाने भन्दा पनि घरेलु उपाय अपनाउन सकिन्छ ।

मेडिकलमा गएर एलोपेथिक औषधि गर्ने भन्दा पनि घरेलु उपाय अपनाएर दुखाइबाट छुटकारा पाउन सकिनेतर्फ ध्यान दिन विज्ञहरुको सुझाव छ ।

तनाब, कमजोरी र घण्टौं सम्म कुर्सीमा बसेर काम गर्दा पनि शरीरमा दुखाई हुन्छ ।

यस्तै अन्य रोगको कारण पनि शरीरमा दुखाइ भएको हुन सक्छ ।

यस्तै तपाईलाई ग्याष्ट्रिकको समस्या छ भनेपनि शरीरमा दुखाई भएको हुन सक्छ । अनि भिटामिन ‘डी’को कमी भएको कारण पनि शरीरमा दुखाई हुन सक्छ ।

दूध, बोसोयुक्त माछापनि भिटामिन ‘डी’को उच्च श्रोत हो । यस्तै भिटामिन ‘डी’को कमी भए सप्लिमेन्ट्री पनि लिन सकिन्छ ।

हरेक दिन राम्रोसँग निदाउने गरेपनि शरीरको दुखाई कम हुन्छ ।

राम्रोसँग निदाउँदा हिलिङ पावर बढ्ने हुन्छ । सुत्दा खुट्टा मोडेर सुत्दा पनि शरीरको दुखाई कम हुन्छ ।

Loading...