नेप्सेमा चम्कियो, ७० अङ्कको वृद्धि

काठमाडौं, ११ फागुन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अङ्कले वृद्धि भएको छ ।

लगातार उकालो लाग्दै आएको बजार आइतबार उच्च अङ्कले बढेर एक हजार ५ सय माथिको विन्दुमा पुगेको हो ।

लामो समयपछि बजारमा आज सर्किट ब्रेकसमेत लगाउनुपर्‍यो । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाव पर्न गयो ।

सोही कारण कारोवार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनु परेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै ७० अङ्कले बढ्यो । ‘बुलिस टे«न्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो ।

यस्ते सेन्सेटिभ परिसूचक १७.०७ ले वृद्धि भई ३१७.५० मा पुग्यो ।

कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँमा खरिद बिक्री भए ।

कारोवार भएका सबै १२ उपसमूहको शेयर नै आज उकालो लागे ।

Loading...