यस्ता लक्षण देखिए बालबालिकालाई हुन सक्छ क्यान्सर

विराटनगर, ११ फागुन । बालबालिका र किरोरावस्थामा देखिने क्यान्सरलाई बाल्यावस्थाको क्यान्सर भन्ने गरिन्छ ।

बाल्यावस्था र किशोरावस्थामा लाग्ने क्यान्सरहरू धेरै प्रकारका हुन्छन् ।

तीमध्ये पनि बालबालिकाहरूलाई रगतको क्यान्सर, विभिन्न अङ्ग र तन्तुहरू, स्नायु प्रणाली, मांसपेशी, मस्तिष्क, हड्डी तथा छालाको क्यान्सर हुने गर्छ ।

नेपालमा बालबालिकाहरूमा सबैभन्दा बढी रगतको क्यान्सर लाग्ने गरेको पाइन्छ ।

बाल्यावस्थामा देखिने क्यान्सरलाई बयस्कको जस्तो जीवनशैली, वातावरण र पेशासँग जोड्न नमिल्ने हुँदा बाल्यावस्थामा लाग्ने क्यान्सरहरुको ठोस कारणहरु अझै पत्ता लाग्न सकेको छैन ।

धेरैजसो बालबालिकाहरूमा देखिने क्यान्सरहरूको मुख्य कारण भने कोषिकाहरू अचानक असामान्य परिवर्तन हुनुलाई मानिन्छ ।

बालबालिकामा रगतको कमी भइ शरीर सेतो देखिने, शरीरमा देखिने वा नदेखिनेगरी रगत बग्ने, शरीरका विभिन्न ठाउँ सुन्निने, रातो दाग अथवा डाबर आउने, ज्वरो तथा आउने, श्वासप्रश्वाससम्बन्धी समस्या हुने, तौल घट्दै जाने, अल्छी हुने, रिंगटा लाग्ने, पेट फुल्ने, आँखामा परिवर्तन आउने, बान्ता हुने, टाउको दुख्ने, विनाकारण पसिना आउने तथा हड्डी वा जोर्नी दुख्ने जस्ता क्यान्सरका लक्षणहरू देखिन थाल्छन् ।

वाल्यावस्थामा लाग्ने क्यान्सरको उपचार क्यान्सरको प्रकार र बालबालिकाको लिङ्गका आधारमा शल्यक्रिया, केमोथेरापी तथा विकिरण थेरापीबाट गर्न सकिन्छ ।

क्यान्सर रोग समयमै पत्ता लागेमा ७० देखि ८० प्रतिशत रोग निको पारी जीवन बचाउन सकिन्छ ।

बालबालिकामा कुनै पनि असाधारण लक्ष्ण देखापरेमा डाक्टरकोमा लैजान आवश्यक देखिन्छ ।

समयमा क्यान्सरको उपचार नगरेमा मस्तिष्क, मुटु, मिर्गाैलालगायतका अन्य अंगमा पनि असर गर्न सक्छ ।

Loading...