‘प्रेमगीत ३’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर, ११ फागुन । नयाँ वर्षको अवसर पारेर २८ चैतमा प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’ को शिर्ष गीत सार्वजनिक भएको छ ।

‘हर युग होस् प्रेमको गीतको’ बोल रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएसँगै युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ ।

राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा, एलिश कार्कीको संगीत, गोपाल रसाईली र शैलेन्द्र एम प्रधानको संगीत संयोजन रहेको छ ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा अभिनेता प्रदीप खड्का र नवअभिनेता मनिष राउतको, शिव श्रेष्ठ, निर्माता सेन, बालकलाकार अनुभव रेग्मी, योगीशा खत्री, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशीर राणालगायतका कलाकारहरूको अभिनय छ ।

डेढ सय वर्षअगाडिको कथामा आधारित भएको फिल्मको छयांकन ४० प्रतिशत काठमाडौंमा र बाकी ६० प्रतिशत सम्पूर्ण दृश्य मनाङमा गरिएको हो ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन रहेको छ । फिल्मको बिदेशी राइट्सहरू धमाधम बिक्री भइरहेको छ ।

Loading...