‘प्रेम पूजा’को निर्माण घोषणा

विराटनगर, ११ फागुन । नयाँ फिल्म ‘प्रेम पूजा’को निर्माण घोषणा गरिएको छ ।

शिवरात्रीको अवसर पारेर फिल्मको घोषणा गर्दै फर्स्टलुक सार्वजनिक गरिएको हो ।

अमरदिप सापकोटाको निर्देशनमा तयार हुने फिल्मको पोस्टरमा मुख्य पात्रको अनुहार छोपिएको छ । सार्वजनिक गरिएको पोस्टरमा फिल्मको रिलिज मिति पनि राखिएको छ ।

‘प्रेम पूजा’लाई आउँदो वर्षको दशैंमा अर्थात् दुर्गा पूजामा रिलिज गर्ने तयारी रहेको छ ।

आउँदो वर्षको दशैंमा ३ ठूला ब्यानरका फिल्महरूसँग ‘प्रेम पूजा’को भिडन्त हुने देखिन्छ ।

इन्टरटेन्मेन्ट वल्र्डवाइडले निर्माण गर्न लागेको फिल्मको छायांकन वैशाखबाट सुरु हुनेछ ।

फिल्मको छायांकन काठमाडौँ, चितवन र भारतको बनारसमा गरिने भएको छ ।

फिल्म कथा, पटकथा, संवाद अभिमन्यू निरवीको छ ।

नयाँ तथा पुराना पुस्ताका कलाकारको अभिनय कलाकारहरूलाई अडिसनमार्फत लिइने जानकारी गराइएको छ ।

Loading...