आक्रामक व्यापार गर्दै दुई दिनमै ‘सेन्टी भाइरसले’ कमायो २ करोड ४७ लाख

विराटनगर, ११ फागुन । गत शुक्रबार अर्थात् ९ फागुनबाट प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’को व्यापार आक्रामक रहेको छ ।

प्रदर्शनमा आएको दुई दिनमै फिल्मले दुई करोड ४७ लाखको व्यापार गरेको छ ।

पहिलो दिन १ करोड १२ लाखको व्यापार गरेको फिल्मले दोस्रो दिन १ करोड ३५ लाखको व्यापार गरेको हो ।

आज बिहानका शोका अधिकांश शोहरू हाउसफुल थिए ।

त्यस्तै, दिउँसो शोजहरूले पनि दर्शकको राम्रो साथ पाउने निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्मलाई सामाजिक व्यंग्यमा आधारित गरेर निर्माण गरिएको छ ।

फिल्ममा सीताराम कट्टेल, दयाहाङ राई, राजाराम पौडेल, कमलमणि नेपाल, विल्सनविक्रम राई, कुञ्जना घिमिरे, सन्दीप क्षेत्री, पुष्प आचार्य, मधुसूदन पाठक, सन्जु शाह, अलिश राई, सूर्यमाला खनाललगायतका कलाकारको अभिनय छ ।

फिल्म ‘सेन्टी भाइरस’को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने छ ।

Loading...