‘परदेशी २’को शुभसाइत गर्दै छायांकन सुरु

विराटनगर, ११ फागुन । ‘परदेशी २’को शुभसाइत गर्दै छायांकन सुरु गरिएको छ ।

नारायण रायमाझीको निर्देशनमा तयार हुने फिल्मको पूजा गर्दै छायांकन सुरु गरिएको फिल्मका मुख्य अभिनेता गायक प्रकाश सपुतले जानकारी दिएका छन् ।

उनका अनुसार फिल्मको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ ।

प्रकाशले फिल्मको छायांकन सुरु हुँदै गर्दा आफूलाई खुशी, डर र उत्साह सबै रहेको र आफू इमान्दार भएर फिल्मको काम गर्ने बताएका छन् ।

फिल्ममा प्रकाशको जोडीको रूपमा नायिका वर्षा सिवाकोटीलाई देख्न सकिन्छ ।

साथै, प्रकाशका भाई देवेन्द्र बब्लुलाई पनि प्रमुख भूमिकामा अनुबन्ध गरिएको छ ।

‘परदेशी’को दोस्रो सिरिजको रूपमा तयार हुँदै गरेको फिल्म रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथाव्यथामा आधारित रहेको बताइन्छ ।

वि.स २०७२ सालमा रिलिज भएको फिल्म ‘परदेशी’ले दर्शकको मन जित्न सफल भएपछि ‘परदेशी २’ बन्न लागेको हो ।

Loading...