बार्सिलोनाको सानदार जितमा मेस्सीको ह्याट्रिकसहित चार गाेल

विराटनगर, १० फागुन । बार्सिलोना स्पेनीस ला लिगाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । इएबरमाथि सानदार जित निकाल्दै बार्सिलाेना शीर्ष स्थानमा उक्लिएकाे हाे ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले इएबारलाई ५–० गोल अन्तर पराजित गर्याे ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी एक्लैले चार गाेल गरे । ला लिगा अन्तरगत बार्सिलोनाको २५ औं खेलको पहिलो हाफमै कप्तान लियोनल मेस्सीले ह्याट्रीक गोल गरे । दाेस्राे हाफमा थप १ गाेल गरे ।

घरेलु दर्शकको समर्थनमा मैदान उत्रिएको बार्सिलोनाका लागि १४ औं मिनेटमा इभान राकिटिकको पासमा मेस्सीले पहिलो गोल गरे ।

३७ औें मिनेटमा मेस्सीले दोस्रो गोल गरे । दोस्रो गोल गरेको तीन मिनेट बित्न नपाउँदै मेस्सीले ह्याट्रीक पुरा गरे ।

चाैथाे गाेल मेस्सीले ८७ औें मिनेटमा गरे । थप एक गाेल अर्थुर मेलाेकाे नामा रह्याे । उनले ८९ औें मिनेटमा गाेल गरे ।

जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । २५ खेलबाट बार्सिलोनाले ५५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५३ अंक छ ।

रियलले पनि आज राति १ः४५ बजे लेभान्टेसँग खेल्दैछ । अाफ्नाे २५ औं खेल रियलले लेभान्टेको घरेलु मैदानमा खेल्नेछ ।

लेभान्टे २९ अंकका साथ १३ औं स्थानमा छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको रियलले जित निकाल्दै पहिलो स्थानमा उक्लने दाउमा हुनेछ ।

Loading...