ला लिगा : पहिलो हाफमै मेस्सीको ह्याट्रीक

विराटनगर, १० फागुन । स्पेनीस ला लिगा अन्तरगत बार्सिलोनाको २५ औं खेलको पहिलो हाफमै कप्तान लियोनल मेस्सीले ह्याट्रीक गोल गरेका छन् ।

इएबार विरुद्धको खेलमा मेस्सीले पहिलो हाफमा तीन गोल गरेका हुन् ।

घरेलु मैदानमा उत्रिएकाे बार्सिलोनाका लागि खेलको १४ औं मिनेटमा इभान राकिटिककाे पासमा मेस्सीले गोल गरे । मेस्सीले दोस्रो गोल ३७ औें मिनेटमा गरे । ४० मिनेटमा गोल पून गर्दै मेस्सीले ह्याट्रीक पुरा गरे ।

मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले पहिलो हाफमा इएबर बिरुद्ध ३–० को अग्रता लिएको छ ।

Loading...