बुढासुब्ब गोल्डकप सुरु हुँदै, उद्घाटनमा आयोजक र युके एफसी भिड्ने

धरान, १० फागुन । प्रदेश १ को बहुचर्चित फुटबल प्रतियोगिता २२ औँ बुढासुब्बा गोल्डकप आजदेखि सुरु हुँदै छ ।

आज दिउँसो २ बजेदेखि धरान रंगाशालमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फूटबल क्लब र यूके एफसी भिड्ने छन् ।

प्रतियोगितामा ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र दुई विदेशी क्लबसहित आठ टोली सहभागी छन् ।

प्रतियोगिताको ग्रुप ‘ए’ मा आयोजक, युकेएफसी, बेलबारी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब छन् ।

ग्रुप ‘बी’ मा नेपाल पुलिस क्लब, मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, जापान फुटबल लिग टिम छन् ।

प्रतियोगिताको लाइभ कोशी अनलाइन डट कमबाट हेर्न सकिने छ ।

Loading...