पत्रपत्रिकामा देश : एमसीसी अनुमोदन अन्योलमा

विराटनगर, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)सँगको अनुदान सम्झौता संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता जनाए पनि नेकपाको अध्ययन कार्यदलले संशोधन गरेर मात्रै अघि बढ्न सुझाव दिएको छ ।

बिनासंशोधन अघि बढ्न नहुने नेकपाले गठन गरेको अध्ययन कार्यदलको निष्कर्ष हो ।

पार्टी केन्द्रीय कमिटीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्सीय समिति बनाएको थियो । कार्यदलले दिएको प्रतिवेदनमा यथास्थितिमा अनुमोदन गरे गलत नजिर बस्ने उल्लेख छ ।

कान्तिपुर दैनिकमा अध्ययन कार्यदलका संयोजक झलनाथ खनालसँगको अन्तरवार्तापनि मुख्यपृष्ठमा नै छापिएको छ ।

अर्थ मन्त्रालय र एमसीसीबीच १४ वटा भित्री सम्झौता रहेछन् शीर्षकमा उनको अन्र्तवार्ता छापिएको छ ।

नागरिक दैनिकमा पनि एमसीसीकै विषयमा ‘एमसीसी संशोधन पछि मात्र अनुमोदन : नेकपा कार्यदल’ शीर्षकमा मुख्य खबर छ ।

यही खबरकोबीच मा पारित गर्न अमेरिकी दबाब शीर्षकमा उपसमाचार छ ।

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको संसदबाट पारित गराउन अमेरिकाले कुटनीतिक दबाब बढाएको छ ।

यसका लागि अमेरिकी अधिकारीहरुले नेपाल भ्रमण बाक्लो बनाएका छन् ।

अन्नपूर्ण पोष्टमा भने ‘एमसीसी सच्याउनैपर्छ’ शीर्षकमा मुख्य खबर छ । बुँदा संशोधन गर्न नमिल्ने यो बाइबल नभएको प्रतिकृया वरिष्ठ नेता खनालले दिएका छन् ।

नयाँ पत्रिका दैनिकमा बाँस्कोटाको हातमा थिए एक खर्बका ७ प्रोजेक्ट शीर्षकमा मुख्य खबर छ ।

नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, भइसकेको ठेक्का रद्द गरेर पनि निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले स्वार्थअनुसार अघि बढाएको समाचारमा उल्लेख छ ।

प्रविधिक कमिटीको सुझाब विपरीत २८ अर्बको स्याटेलाइट खरिद प्रकृयादेखि फोर जी सेवा विस्तार गर्ने १९ अर्बको ठेक्कासम्म सबै विवादस्पद रहेका छन् ।

Loading...