शीर्षता कायमै राख्ने दाउमा युभेन्टस, रोनाल्डो मैदान फर्किए

विराटनगर, १० माघ । इटालियन सिरी ‘ए’मा आज डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टसले आफ्नो २५औं खेल खेल्दैछ ।

नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुने उक्त खेलमा युभेन्टसले एसपीएएलसँग खेल्दैछ ।

युभेन्टसकै घरेलु मैदानमा हुने यस खेलमा घरेलु टोलीले पुछारको टोलीसँग खेल्न लागेको हो । एसपीएएल १५ अंकसहित रेलिगेशन जोनमा छ ।

यता, युभेन्टस भने अंक तालिकाको शीर्ष स्थानमा छ ।

आज खेलमा जित निकाल्दै युभेन्टस शीर्षता कायमै राख्ने दाउमा हुनेछ ।

२४ खेल खेलेको उसँग हाल ५७ अंक छ । यस्तै दोस्रो स्थानको लाजियोको ५६ अंक छ । इन्टर मिलान भने ५४ अंकका साथ चौथो स्थानमा छ ।

यस खेलबाट युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो मैदान फर्किँदैछन् ।

यसअघि उनले ब्रेसियासँगको खेलमा खेलेनन् । उनलाई प्रशिक्षक मौरिजियो सार्रीले आराम दिएका थिए ।

Loading...