पत्रपत्रिकामा प्रदेश : घिनाघाट विराटचौक सडकको काम धमाधम, ६ महिनामा ४० प्रतिशत काम

विराटनगर, १० फागुन । वैकल्पिक सडकका खण्डको रुपमा निर्माण भइरहेको प्रदेश सरकारको गौरवको योजना घिनाघाट विराटचौक चार लेन सडक निर्माण तीव्र गतीमा भइरहको छ ।

१३ भदौबाट सुरु भएको सो सडक निर्माणको काम ६० प्रतिशत पुरा भएको छ ।

प्रदेश १ सरकारले यसलाई ्प्रदेशकै नमूना आयोजनाका रुपमा अघि बढाएको हो ।

२२.१ किलोमिटर लामो सडक १ अर्ब ४० करोडको लागनमा निर्माण भइरहेको छ ।

शुक्रबार सो सडकको मुख्यमन्त्री शेरधन राईले अनुगमन गरेको समाचार उद्घोष दैनिकले मुख्य खबर बनाएर छापेको छ ।

‘भोटखोला : देशभित्रै परदेश’ शीर्षकमा ब्लाष्ट टाइम्सले मुख्य खबर छापेको छ ।

भोटखोलाका जनता भोटबैंकमात्र भए ।

उनीहरले राज्यले दिने आधारभूत सेवा भने लोकतान्त्रिक गणतन्त्र आएपछि पनि पाउन सकेका छैनन् ।

संखुवासभाको विकट ६ गाउँपालिकामध्येको एक भोटखोलाको १ नम्बरमा पर्ने किमाथांका उत्तरी अन्तिम विन्दु हो ।

त्रिदेशीय नाकाका रुपमा लिइएको किमाथांका राज्यको नजरमा परेको छ ।

अब ११ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेको कारण किमाथांकाको चर्चा समेत बढ्न थालेको छ ।

तर राज्यले दिने आधारभूत सेवा नपाउँदा राज्यले नै उपेक्षा गरेको महसुस स्थानीयको छ ।

विकट भएकै कारण शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारबाट यो क्षेत्र पछि परिरहेको छ ।

भोटखोला गाउँपालिकाले अहिलेसम्मको कुनै परिवर्तन महसुस गर्न नपाएको समाचारमा उल्लेख छ ।

‘अवधि सकियो, काम अधुरै’ शीर्षकमा कान्तिपुर दैनिकमा खोटाङको समाचार छ ।

दिक्तेल खानीडाँडा रेग्मीटार सडक तोकिएको अवधिमा निर्माण सम्पन्न नहुने पक्का भएको छ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणको २० करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको सो सडक अबको एक महिनाभित्र कालो पत्रे भइसक्नु पर्ने छ ।

तर अहिलेसम्म ४० प्रतिशत मात्रै काम पुरा भएको छ ।

Loading...