मन्त्री बर्षमान पुन सहित सात जना सम्मानित


विराटनगर , ९ फागुन । संघिय सरकारका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुन सहित सम्मानित भएका छन ।
एक नम्बर प्रदेशको राजधानी बिराटनगरबाट रंगिन स्वरुपमा प्रकाशित ब्रोडसिट दैनिक हाम्रो मतको लोकार्पण कार्यक्रममा उर्जा मन्त्री बर्षमान सहित सम्मानित भएका हुन ।
जनयुद्धकालमा जनबिद्रोह साप्ताहिक प्रकाशित गरेर प्रगतिशिल पत्रकारितामा सहयोग पुरयाएको भन्दै लोकार्पण कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री पुनलाई शुक्रबार हाम्रोमत दैनिक प्रकाशन गर्ने पुर्वेली जनसञ्चार सहकारीले सम्मान गरेको हो । मन्त्री पुनलाई बिशिष्ट अतिथि तथा एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले सम्मान गरे ।


सोही अवसरमा जनबिद्रोह दैनिकमा आवद्ध पुर्व सँस्थापक सम्पादक शिवकुमार डाँगी , सम्पादकहरु गणेश उप्रेती , नवराज कट्टेल , सहसम्पादक राजन केडी र बिमल लामिछाने अनि सहकारीका पुर्व अध्यक्ष बिनोद घिमिरेलाई पनि सम्मान गरियो । सबैलाई प्रमुख अतिथि बर्षमान पुन र प्रदेशका मुख्य मन्त्री शेरधन राईले सम्मान गरे ।
जनयुद्धकालमा पुर्वी कमाण्ड अन्र्तगतको मेचीकोशी व्यूरो र जनमुक्त्ति सेनाका कमाण्डर समेत रहेका मन्त्री बर्षमान पुनकै निर्देशनमा भुमिगत काल २०६० देखी मोरङ र झापाबाट जनबिद्रोह साप्ताहिक प्रकाशन हुन थालेको थियो । शान्तिप्रकृयासँगै २०६३ देखी उक्त्त साप्ताहिक खुला रुपमा विराटनगरबाट दैनिक रुपमा प्रकाशित हुदै आएको थियो । सोही जनबिद्रोह दैनिक अब पुर्बेली जनसञ्चार सहकारी मार्फत हाम्रो मत दैनिकमा रुपान्तर भएर शुक्रबारदेखी ब्रोडसिट साइजको रंगिनकलेबरमा प्रकाशित हुन थालेको हो ।

Loading...