सुमन सरगमको ‘मेरो रानी बनिदेऊ’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, ९ फागुन । ‘मेरो रानी बनिदेउ’ बोल रहेको गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सुमन सरगमको स्वर रहेको गीतमा गिरिजाप्रसाद रिजालको शब्द, दीपक शर्माको संगीत तथा महाराज थापाको संगीत संयोजन रहेको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा विकाश लामिछाने, समीक्षा पोखरेल र रवि सिंहको प्रस्तुति देख्न सकिन्छ ।

पूजा शाहीको शृंगार, मिलन शंकरको छायांकन रहेको गीतको भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका हुन् ।

Loading...