आज देशभर बर्षातको सम्भावना

विराटनगर, ९ फागुन । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावमा आज देशका विभिन्न स्थानमा चट्याङसहित बर्षात हुने सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो पश्चिम नेपालमा विभिन्न स्थानमा र पूर्वका केही स्थानमा पानी पर्ने सम्भावना देखाएको हो ।

मौसमविद् राजु प्रधानाङ्गले पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्र र पूर्वी पहाडका केही स्थानमा हिमपात हुने समेत बताए ।

भोलीदेखि मौसम सफा हुने उनले जनाकारी दिए । आजराती देशभर आंशिक बदली हुने छ ।

भोली (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

Loading...