अनलाइन सपिङ ठगी प्रकरणमा ९ जना विरुद्ध मुद्दा दायर

विराटनगर, ९ फागुन । अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अनलाइन सपिङको नाममा ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेका ९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

मोरङ प्रहरीले पक्राउ गरेको उनीहरुलाई जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको हो ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचाका विशाल अर्याल भनिने निरञ्जनप्रसाद आचार्यसहित मुख्य नाइके भएको प्रहरीले जनाएको छ ।

उनीसहित ९ जनाविरुद्ध बिहीबार सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको हो ।

अपराधिक समूह स्थापन, सञ्चालन गरी ठगी, बैंङ्किङ कसुर र सरकारी दस्तखत किर्ते मुद्दामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

खोटाङको जन्तेढुंगाका २२ वर्षीय शिवजी खड्का, २० वर्षीया देवी चौलागाईं, धरान २० की भावना राई, सरिता परियार, सानु गौतम, बर्षा कार्की, लक्ष्मी कार्की लगायतकालाई प्रहरीले पक्राउ गरेको हो ।

Loading...