एक सातामै फेरियो कोशी अस्पतालको मेसु

विराटनगर, ९ फागुन । सरकारले कोशी अस्पताल विराटनगरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा नियुक्त गरेको एकसातामै अर्काे मेसु पठाएको छ ।

अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रुपमा एक साता अघि सोही अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. संगिता मिश्रालाई नियुक्त गरेको थियो ।

तर एक साता नपुग्दै फेरी बिहीबार सोही पदमा सगरमाथा अस्पतालमा कार्यरत डा. चुमनलाल दासलाई नियुक्त गरिएको हो ।

मिश्रा र दास ११ औँ तहका भएपनि मिश्रा भन्दा दास सेवा अवधिले कनिष्ठ हुन् ।

मोरङको सुनबर्सी नगरपालिकाका दास सगरमाथा अस्पताल राजबिराजबाट मेसु बनाएर विराटनगर ल्याउन लागिएको हो ।

महिलालाई प्रमुख पद दिने बित्तिकै पुरुषलाई सोही पदमा एक हप्तामै ल्याएपछि आलोचना सुरु भएको छ ।

Loading...