भारतीय हाँस्य कलाकार लौढ विराटनगर आउने

विराटनगर, ९ फागुन । चर्चीच भारतीय कमेडी सिरियल तारक मेहताका उल्टा चस्माका प्रस्तुतकर्ता तथा कलाकार शैलेश लौढा विराटनगर आउने भएका छन् ।

सोनी सब टेलिभिजनबाट प्रशारण भइरहेको सिरियलका कलाकार लौढलाई होली रङ्गारङ कार्यक्रमको लागि विराटनगर ल्याउन लागिएको हो ।

२४ फागनुमा विराटनगरको जैन भवनमा हुने कार्यक्रममा उनी सहभागी हुने छन् ।

लौढलाई मारवाडी युवा मञ्चले आयोजना गर्ने कार्यक्रममा बोलाइएको मञ्चका अध्यक्ष गोपाल अग्रवालले बताए ।

Loading...