पत्रपत्रिकामा देश : बास्कोटाको कार्यकक्षमा अख्तियारको छापा

विराटनगर, ९ फागुन । निवर्तमान सञ्चार रतथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यकक्षमा बिहीबार साँझ अख्तियारले छापा मारेको छ ।

मन्त्रालय पुगेको सादा पोसाकका सुरक्षाकर्मीको टोलीले बाँस्कोटाको निजी सचिवालयको कागजपत्र नियन्त्रणमा लिएको छ ।

यस्तै उनले प्रयोग गरेको दराजमा सिलबन्दी गरिएको खबर अन्नपूर्ण पोष्टमा छ ।

यस्तै बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियोको विषयमा समेत अध्ययन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव प्रदीप कोइरालाले बताए ।

यस्तै अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएको विषयलाई आजका सबैसजो पत्रिकाहरुले मुख्य समाचार बनाएका छन् ।

कान्तिपुर दैनिकमा ‘ओलीका विश्वासपात्रको बहिर्गमन’शीर्षकमा मुख्य खबर छ ।

बाँस्कोटाले ओलीको शयन कक्षसम्म पहुँच राख्छन् । उनको अधिकांश उठबस बालुवाटारमै हुन्थ्यो ।

मन्त्रिपरिषद् बैठकमा उनी प्रधानमन्त्रीसँग हाकाहाकी कुरा गर्थे । प्रधानमन्त्रीपनि बाँस्कोटाको कुरा भने सुन्ने गर्थे ।

ओली सरकारका अन्य मन्त्रीहरु बाहिरीनु सामन्य भएपनि बाँस्कोटाको बहिर्गमन विशेष अर्थपूर्ण भएको कान्तिपुरले समाचारमा उल्लेख गरेको छ ।

नागरिक ‘दैनिकमा घुस बार्गेनिङले बाँस्कोटाको बहिर्गमन’ शीर्षकमा मुख्य खबर छापेको छ ।

यस्तै ‘मन्त्री नै यतीको एजेन्ट’ शीर्षकमा भित्री समाचार छ ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाईंले सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङ्सको तर्फबाट पत्रचार गरेको आरोप लगाएकी छिन् ।

छानबिन नटुंगिएसम्म सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद नगर्न लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

अन्नपूर्ण पोष्टमा ‘यसरी आयो राजीनामा’ शीर्षकमा मुख्य खबर छ ।

नयाँ पत्रिका दैनिकमा ‘ओलीको पहिलो कार्यकालमै एजेन्टको सेटिङमा नीति तथा कार्यक्रममा परेको थियो सेक्युरिटी प्रेस खरिद कार्यक्रम’ शीर्षकमा मुख्य समाचार छ ।

फ्रेन्च कम्पनी आइएन गु्रपसँग डिल गर्न नेपाली एजेन्ट यती होल्डिङ्सका सञ्चालक आङछिरिङ शेर्पासँगै पेरि जाने तयारीमा रहेका मन्त्री बाँस्कोटा शेर्पाको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कर्मचारीसँग गएका थिए ।

नीति तथा कार्यक्रममा राखिएको सुरक्षित मुद्रण सम्बन्धि बुँदा सेक्युरिटी प्रेस बेचबिखन गर्ने एक विदेशी कम्पनीको एजेन्टले सरकारको नीति तथा कार्यक्रममा पार्न लगाएका थिए ।

Loading...