पत्रपत्रिकामा प्रदेश : ३३ केभी प्रशारण लाइनको काम सकिएपनि चालु भएन

विराटनगर, ९ फागुन । दुहबी कटहरी ३३ केभी प्रशारण लाइनको काम सम्पन्न भएपनि विद्युत चालु हुन सकेको छैन् ।

मोरङको बुढीगंगा गाउँपालिका कार्यालय नजिकै जम्पर जोड्न स्थानीयले नदिएपछि काम सकिएपनि प्राधिकरणले लाइन जोड्न नसकेको हो ।

नेपाल विद्युत प्राधिकरण वितरण कार्यालय विराटनगरका प्रमुख राजीव सिंहले दुहबी ग्रीडदेखि बुढीखोलासम्मको अन्डरग्राउण्ड लाइन चालु गरेर बुढीगंगा गाँउपालिका नजिकै विद्युत पोलमा जोड्न खोज्दा स्थानीयले अवरोध पु¥याएका हुन् ।

अवरोधले कटहरी सवस्टेशन अपग्रेड गर्न नपाएको उनले बताए । यो समाचार उद्घोष दैनिकमा छ ।

ब्लाष्ट टाइम्समा मापदण्ड विपरीत सेक्युरिटी कम्पनी शीर्षकमा मुख्य खबर छ ।

सुरक्षा तथा सेवा दिँदै आएका केही सेक्युरिटी कम्पनीहरुले कामदार आपुर्ति गर्दा श्रम ऐन विपरीत तलब तोकेर सम्झौता गर्ने गरेको पाइएको छ ।

विराटनगरको भद्रकाली सेक्युरिटी एण्ड सर्भिसले भद्रपुरको मेची अञ्चल अस्पतालसँग श्रम ऐन २०७४ विपरीत सम्झौता गरेको पाइएको हो ।

उसले अस्पताललाई दिने कामदारको हकमा १० हजार रुपैयाँ भन्दा कम दिने गरी सम्झौता गरेको छ ।

तर कामदार आपूर्ति गर्दा १३ हजार ४ सय रुपैयाँ र सामाजिक सुरक्षा अन्र्तगत थप ३१ प्रतिशत दिनु पर्ने श्रम ऐनमा उल्लेख छ ।

यौन व्यापारमा किशोरीको संख्या धेरै शीर्षकमा नागरिक पूर्वेलीमा खबर छ ।

देशका विभिन्न स्थानमा सेक्स वर्कर महिलाको संख्या बढिरहेको बेला पूर्वमा पनि बढेको पाइएको छ ।

महिला सहयोगी समूह इटहरीले पूर्वका तराई र पहाडका जिल्लामा गरी पाँच सय हाराहारी महिलाहरु अहिलेपनि सेक्स वर्करको रुपमा रहेको जनाएको छ ।

यसमा आधाजसो त किशोरीहरु नै रहेका छन् ।

झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा मोवाइल सम्पर्ककै आधारमा उनीहरुले सेवा दिने गरेका छन् ।

विवाहित महिलाको भने श्रमिान विदेश गएको, कतिपयको श्रीमानसँग सम्बन्ध राम्रो नभएकाहरु छन् ।

Loading...