आमासँग ‘आमा’ हेर्न गए आमालाई पैसा नलाग्ने

विराटनगर, ८ फागुन । ९ फाल्गुन शुक्रबार अर्थात् भोलिदेखि प्रदर्शन हुने ‘आमा’ आफ्नी आमासँग हेर्न गए निःशुल्क हेर्न पाउने भएको छ ।

’एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ फिल्मका निर्देशकले आमासँग फिल्म हेर्दा आमालाई पैसा नलाग्ने घोषणा गरेका हुन् ।

फिल्मको देशभरका मल्टिप्लेक्समा बुकिङ खुलिसकेको छ ।

फिल्मको निर्माण टिमले गरेको घोषणाअनुसार काठमाडौँका केही सिनेमा घरमा आफ्नो आमासँग फिल्म हेर्न पुग्दा आमालाई फिल्म निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको हो ।

कुमारी हलमा बिहान साढे ८ बजे, क्यूज हलमा पौने १०ः४५ बजे र जय नेपाल हलमा ११ः४५ बजे को शोमा आफ्नी ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने भनेर पोस्टर नै सार्वजनिक गरिएको छ ।

हलमा यी शोहरू परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने भएको छ ।

आमा र छोरीको सम्बन्धको कथामा आधारित रहेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

Loading...