क्रिकेटर बन्दै अनुष्का शर्मा

विराटनगर, ८ फागुन । भारतकी चर्चित क्रिकेटर झुलन गोस्वामीको जीवनीमा फिल्म बन्ने भएको छ ।

बायोपिकमा अभिनेत्री अनुष्का शर्माले झुलनको भूमिका निर्वाह गर्ने भएकी छन् ।

झुलन भारतीय महिला क्रिकेट टिमकी कप्तानसमेत बनिसकेकी छिन् ।

उनलाई २००७ मा आईसीसीले महिला प्लेयर अफ दी इयर पनि घोषित गरिएको थियो ।

उनको प्रदर्शनबाट अनुष्का निकै प्रभावित छिन् ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’को असफलतापछि अनुष्का कुनै फिल्ममा अनुबन्धित भएकी छैनन् ।

आफ्ना पति विराट कोहलीसँग समय बिताइरहेकी अनुष्का अब फिल्म उद्योगमा क्रिकेटमा आधारित रहेको फिल्ममार्फत फिर्ता हुने तयारीमा छिन् ।

केही समयअघि झुलनसँग कोलकाताको इडन गार्डेनमा देखिएकी अनुष्का फिल्मको अनाउन्समेन्ट सुट गर्न त्यहाँ पुगेको भारतीय मिडियाहरूमा उल्लेख गरिएको छ ।

सोनी पिक्चर्सले भिडियोमार्फत यो फिल्मको छिट्टै औपचारिक घोषणा हुँदैछ ।

Loading...