गर्भावस्थामा कम पानी पिउँदा उत्पन्न हुन्छ समस्या

विराटनगर, ८ फागुन । गर्भावस्थामा महिला तथा पेटमा भएको बच्चाका लागि पहिलाभन्दा बढी पोषणको आवश्यकता हुन्छ ।

प्रोटिन, आइरनयुक्क्त खानेकुराहरू प्रशस्त मात्रामा खानुका साथै प्रशस्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।

गर्भवती महिलाले एक दिनमा अरु बेलाको तुलनामा धेरै पानी पिउने गर्नुपर्छ ।

गर्भ अवस्थामा शरीरमा धेरै पसिना आउने हुँदा गर्भवती महिलाले एक दिनमा लगभग १० कप अर्थात् २.४ देखि ३ लिटरसम्म पानी पिउनु जरुरी हुन्छ ।

पानी मात्र नभएर पानीको साथ साथ झोलिलो पदार्थहरूको सेवन गर्नुपर्छ ।

गर्भावस्थामा कम पानी पिउने महिलालाई विभिन्न किसिमको इन्फेक्सन, रोग हुनुका साथै बच्चाको स्वास्थ्यमा समेत समस्या हुने सम्भावना बढेर जान्छ ।

गर्भावस्थाको पहिलो ३ महिनामा कम पानी पिउने महिलालाई बढी तनाव हुन्छ ।

तनावले महिलालाई समयअगावै लेवर पेन गराउन सक्छ ।

पानीको कमिले पेटमा भएको बच्चाको शारीरिक तथा मानसिक विकासमा कमी ल्याउँछ ।

समय नपुग्दै बच्चा जन्मिनुका साथै गर्भपतनको डरसमेत हुने गर्छ ।

समय अगावै जन्मिएको बच्चाको स्वास्थ्यमा धेरै समस्याहरू देखिन्छ ।

गर्भवती महिलाको शरीरको तापमानलाई नियन्त्रणमा राख्न सकिएन भने आमा तथा बच्चालाई खतरा हुने सम्भावना बढ्दै जान्छ ।

त्यसैले गर्भअवस्थामा पानीको साथ साथै ताजा फलफूलको रस, दूध, तरकारीहरुको सुप, दाल पिउनु एकदमै राम्रो हुन्छ ।

Loading...