birat ribon

दर्शकको लागि ‘कमेडी च्याम्पियन’पछि ‘च्याम्पियनको चटके’

Neuro
दर्शकको लागि ‘कमेडी च्याम्पियन’पछि ‘च्याम्पियनको चटके’

विराटनगर, ८ फागुन । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को विजेता घोषणा हुन केही हप्ता मात्र बाँकी रहेको छ ।

Padelux insider
cura insider

निकै चर्चामा रहेको र दर्शकहरूले निकै मनपराएको कारण कमेडी च्याम्पियन सकिएपछि टिमले नयाँ कमेडी शो ल्याउने तयारी गरिरहेका छन् ।

विशाल भण्डारीले निर्देशन गर्ने नयाँ शोको नाम ‘च्याम्पियनको चटके’ राखिएको छ ।

दोस्रो सिजन अहिले नै सुरु नहुने भएपछि दर्शकलाई मनोरञ्जनका लागि ‘च्याम्पियनको चटके’ तयार गर्न लागेको जानकारी दिँदै कमेडी च्याम्पियनमा सहभागी प्रतियोगीहरूलाई नै अनुबन्धित गर्दै ग्रुप कमेडी शो निर्माण गरेको विशालले बताए ।

विभिन्न विषयमा अभिनय गरेर कमेडी गर्ने प्रतियोगीहरू दर्शकलाई मनोरञ्जन दिने हिसाबमा भिन्न र फरक स्वादको प्रयोग गर्नेछन् ।

उक्त कमेडी शोका निर्मातामा केकी अधिकारी र रीमा विश्वकर्मा नै हुने छन् ।

कमेडी च्याम्पियनका प्रतियोगीहरूलाई नयाँ प्लाटफर्म दिनको लागि पनि यो शो सुरु गर्न लागिएको केकी बताउँछिन् ।

शो सकिएपछि प्रतियोगीहरुलाई छोड्ने नभएर एउटा अवसर सिर्जना गरेपछि प्रतियोगीहरू आफूलाई थप परिस्कृत गर्ने उनले बताइन् ।

jackson ribon