सुन्दर कपाल तथा छालाको लागि आवश्यक मेथीको साग

विराटनगर, ८ फागुन । हरियो साग स्वादिलो तथा पोषणयुक्त तरकारीका रूपमा मानिन्छ ।

त्यस्तै, आयुर्वेदका अनुसारमेथीको साग बहुउपयोगी हुनुका साथै मेथीको साग स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ ।

मेथीको सागले चिसोबाट बचाउँछ ।

मेथीको सागलाई दैनिक रूपमा नियमित सेवन गर्दा रुघाखोकी लाग्नबाट जोगाउन मद्दत गर्छ ।

मेथीको सागमा प्रशस्त रूपमा फाइबर पाइन्छ ।

जसको सेवनले पाचन प्रक्रियालाई सक्रिय बनाएर कब्जियत, अपच तथा ग्याष्ट्रिक जस्ता पेटसम्बन्धी रोगहरूमा फाइदा पुर्‍याउँछ ।

मेथीको सागमा भएको विभिन्न तत्वले बारम्बार पिसाब आउने समस्या भएका व्यक्तिहरूलाई फाइदा पुर्‍याउनुका साथै शरीरको अनावश्यक बोसोलाई पगालेर तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

मेथीको सागले कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप, हृदयघात तथा मुटुसम्बन्धी रोगहरू लाग्न दिँदैन वा रोग लागिसकेका बिरामीहरूलाई उपयोगी हुन्छ ।

मेथीको साग सुन्दरता बढाउनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

मेथीको सागको नियमित सेवनले कपालमा आएको चाया हटाएर, कालाप छिट्टै बढ्नुका साथै कपाल चम्किलो हुन्छ ।

साथै, मेथीको सेवनले छालामा आएका घाउ, खटिरा तथा डण्डीफोरको दाग हटाउनुका साथै अनुहार चाउरी हुनबाट जोगाउँछ ।

Loading...