मासु नखाने मान्छेका लागि हरियो मटर प्रोटिनको विकल्प

विराटनगर, ८ फागुन । हरियो मटर तरकारी नभएपनि यसलाई लाई तरकारी अथवा अचारमा मिसाएर खाने गरिन्छ ।

मटरमा अत्यधिक मात्रामा प्रोटिन हुने भएकोले यो स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण हुन्छ ।

मटर कर्ब्स, प्रोटिन, एमिनो एसिड, कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्यालसियम र फस्फोरसको सम्पन्न स्रोत हो ।

अत्यधिक प्रोटिन पाइने हुँदा मासु नखाने मानिसहरूका लागि मटर विकल्प बन्न सक्छ ।

प्रोटिन र फाइबरले भोकलाई नियन्त्रणमा राखेर स्वचालित रूपमा भएका क्यालोरीहरू दिनभरि कम गर्न सक्छन् जसकारण शरीरको तौल घटाउनका लागि मटरले एकदम महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

मटरको पर्याप्त मात्रामा उपभोगले मांसपेशिको शक्ति र हड्डी स्वास्थ्य प्रमोट गर्न मद्दत गर्छ ।

हरियो मटरमा फाइबरको प्रभावशाली मात्रा हुन्छ, जुन पाचन स्वास्थ्यको लागि धेरै फाइदाहरू हुन्छ ।

मटरले पेटमा राम्रो ब्याक्टेरियाहरू विकसित गरि कब्जियत हुन नदिइ, आन्द्रा रोग, पेटको क्यान्सर हुन दिँदैन ।

अनुसन्धानहरूका अनुसार मटरको सेवनले हृदय रोग र क्यान्सर जस्ता केही दीर्घकालीन बिरामीहरूबाट बचाउन मद्दत गर्न सक्छ ।

मटरको सेवनले पेटसम्बन्धी रोग, टाइप २ मधुमेह, कोलेस्ट्रोल, मुटुसम्बन्धी रोग, उच्च रक्त चाप तथा विभिन्न क्यान्सरको समस्याहरूमा निकै फाइदा पुर्‍याउने पाइएको छ ।

Loading...