‘सेन्टी भाइरस’को ‘ए नि लै’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, ८ फागुन । ९ फाल्गुनबाट प्रदर्शनमा आउने फिल्म ‘सेन्टी भाइरस’को गीत सार्वजनिक भएको छ । ‘ए नि लै’ बोलको दुःख पोख्ने गीत सार्वजनिक गरिएको हो ।

हर्क साउदको शब्द रहेको गीतमा स्वर तथा संगीत सुशान्त गौतमको रहेको छ ।

गीतको लिरिकल भडियो तयार पारिएको छ ।

सार्वजनिक गरिएको भिडियोमा फिल्मका मुख्य कलाकारहरूलाई देख्न सकिन्छ ।

फिल्ममा सीताराम कट्टेल, दयाहाङ राई, राजाराम पौडेल, कमलमणि नेपाल, विल्सनविक्रम राई, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, पुष्प आचार्य, मधुसूदन पाठक, सन्जु शाह, अलिश राई, सूर्यमाला खनाललगायतका कलाकारको अभिनय छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म सामाजिक व्यंग्यमा आधारित रहेको छ ।

कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

शैलेन्द्र डि. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्दैछन् ।

सुबिहानी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा डिन्डु लामा ह्योल्मो र डिन्डुका भाई फुर्पाको लगानी रहेको छ ।

२ करोड लगानीमा तयार भएको फिल्म ‘सेन्टी भाइरस’को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने छ ।

Loading...