birat ribon

अब नागरिकको सहयोगका लागि त्रिभुवन विमानस्थलमा रोर्बट

Neuro
अब नागरिकको सहयोगका लागि त्रिभुवन विमानस्थलमा रोर्बट

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भटराईले मुलुककको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल प्रविधिमैत्री हुँदै गएको बताएका छन् ।

Padelux insider
cura insider

विमानस्थलमा राखिने रोर्बटको आज उद्दघाटन गर्दे मन्त्री भटराईले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान गर्न यस रोर्बटले सहयोग गर्ने बताए ।

विमान स्थलको अध्यागमन प्रणालीमा सुधार गरिएको उल्लेख गर्दै मन्त्री भटराईले स्रोतको सिमितता भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थललाई सुविधासम्पन्न बनाउँदै लगिने बताए ।

नेपाली प्रविधिकहरुले निर्माण गरेको रोर्बटले विभिन्न सूचनाहरू उपलब्ध गराउँछ ।

नेपाली, अंग्रेजी र चाईनिज गरी तीन भाषामा रोर्बटले प्रयोगकर्तालाई सूचना उपलब्घ गराउने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरण, नेपाल पर्यटन वोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयको संयुक्त खर्चमा रोर्बट तयार पारिएको हो ।

‘‘पर्यटन परि’’ नाम दिएको दुई वटा रोर्बट पाईला टेक्नोलाजीले निर्माण गरेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका रोर्बटले नेपाल आउने पर्यटकहरूलाई नेपालको बारेमा जानकारी लिन सहज हुने बताइएको छ ।

jackson ribon