रोयल लिटल स्टारको अभिभावक दिवस

विराटनगर, ८ फागुन । विराटनगर– २ शंकरपुरमा रहेको रोयल लिटल स्टार चिल्डेर्न होमले अभिभावक दिवस मनाएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको उपस्थीतिमा विभिन्न कार्यक्रम गरी अभिभावक दिवस मनाएको हो । कार्यक्रममा चिल्डेर्न होमका विद्यार्थीहरुले नृत्य , गीतलगायत प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै विराटनगरका प्रमुख पराजुलीले मन्टेशोरी शिक्षाले पढाई मात्र नभएर प्रयोगात्मक र शिपमुलक शिक्षाको विकासमा सहयोग पूर्याउने बताए ।

सरकारी विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन थालेको बताउँदै उनले पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीहरुको आकर्षण बढ्न थालेको बताए ।

Loading...