पत्रपत्रिकामा देश : नेकपामा विवाद जनआन्दोलन कि जनयुद्ध

विराटनगर, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले फागनु १ गते जनआन्दोलन तथा जनयुद्धका शहीदहरुलाई श्रद्धान्जली दिने कार्यक्रम तय गरेको थियो ।

कार्यक्रमलाई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएपनि ओली सहभागी भएनन् ।

उनी प्रधानमन्त्री निवासमा विशेष कार्यक्रम रहेको भन्दै कार्यक्रममा नआएका हुन् । कार्यकारी अध्यक्ष प्रचण्ड सहभागी भए ।

काठमाडौंमा भएका वरिष्ठ नेता झलनाथ खनाल पनि कार्यक्रममा पुगेनन् । मुलुक बाहिर भएको कारण नेता माधवकुमार नेपाल पनि कार्यक्रममा थिएनन् ।

पूर्वएमाले खेमाबाट उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेललगायत थोरैमात्रै उपस्थित थिए ।

तत्कालिन माओवादीले १ फागुनलाई जनयुद्ध दिवस मनाउँदै आएको थियो । पार्टी एकतापछि जनआन्दोलन तथा जनयुद्धका शहीदप्रति श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको थियो ।

पार्टीभित्र पूर्व एमाले खेमाले जनयुद्ध दिवसप्रति सधैं असहमत देखिदै आएको छ ।

यसले प्राविधिक रुपमा पार्टी एकीकरण भएपनि भावनात्मक रुपमा एक हुन नसकेको देखिने नागरिक दैनिकमा मुख्य खबर छ ।

कान्तिपुर दैनिकले ‘अप्ठेरोमा पैडेल’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पार्टी र संसदीय दलमा छलफलै नगरी आपूmखुसी चल्न थालेपछि उनकै दल नेकपाका सांसदहरुको अविश्वास बढेको छ ।

मन्त्री नियुक्ति तथा प्रदेशको नामाङ्कन र राजधानी तोक्न समेत संघलाई गुहारेको भन्दै उनीविरुद्ध प्रदेशका नेताहरु खनिएका छन् ।

‘ काखबाटै खोसेर विदेश’ शीर्षकमा अन्नपूर्ण पोष्टले मुख्य खबर छापेको छ ।

समाचारमा धर्मसन्तानको नाममा अमेरिका र यूरोपमा बालबालिका तस्करी भइरहेको उल्लेख छ ।

सिन्धुपाल्चोक कठरीका मञ्जू र भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गरिरहेका थिए ।

उनीहरुका तीन छोरामध्ये दुई रामकुमार र बालकृष्णलाई बालमन्दिरमा राखिदिने एक दम्पतीले बताए ।

मिठो खान र राम्रो लगाउन पाउने लोभमा १० वर्षअघि उनीहरुले बालगृह पठाएका थिए ।

मञ्जु र भीसेनलाई बालगृहले लामो समयसम्म छोराहरुलाई भेट्न दिएन् ।

उल्टै ज्यानको धम्की आउन थाल्यो । उनीहरुले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए ।

नेपालबाट हराएका ती बालक इटाली पुर्याइएका रहेछन् । ती बालकलाई बाल संगठन नक्सालमार्फत इटाली पुर्याइएको रहेछ ।

Loading...