एसईई उत्तरपुस्तिका परिक्षणमा त्रुटी नगर्न सिकाउँदै सरकार

विराटनगर, ७ फागुन । एसईईको उत्तरपुस्तिका परीक्षणका लागि माध्यमिक शिक्षकका लागि तालिमको आयोजना गरिएको छ ।

एसईईको उत्तरपुस्तीका परिक्षणमा गुणस्तर वृद्धि गर्ने उदेश्यसहित मोरङका २४ माध्यमिक शिक्षकलाई उत्तरपुस्तीका परीक्षणका बारेमा तालिम आयोजना गरिएको हो ।

शिक्षा विकास निर्देशनालय धनकुटाले आयोजना गरेको दुई दिने तालिमको सामाजिक विकास मन्त्रालय प्रदेश १ का सचिव विरबहादुर राईले उद्घाटान गरेका थिए ।

सो क्रममा राईसहित शिक्षा विकास निर्देशनालय धनकुटा राजेन्द्र बुढाथोकी, शिक्षा तथा मानव संसाधन विकास भक्तपुरका टंकप्रसाद गौतम, सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखा प्रमुख दिब्यराज कट्टेल लगायतले उत्तरपुस्तीका परीक्षणमा गुणस्तर बृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

Loading...