पेट फुल्ने समस्याले विभिन्न रोगको संकेत दिन्छ

विराटनगर, ७ फागुन । व्यस्त जीवनशैली, गलत खानपान, व्यायामको कमिका कारण पेट फुल्ने समस्या उत्पन्न हुन थालेको छ ।

खाना खाएपछि पेट फुल्ने वा पोल्ने समस्या भएमा मानिसहरू सामान्य ठानेर हेलचेक्र्याईं गरिरहेका हुन्छन् ।

पेट फुल्ने तथा पोल्ने गर्दा यसले ठूलै समस्याको संकेत दिइरहेको समेत हुनसक्ने हुदा ध्यान दिन अतिआवश्यक हुन्छ ।

पेट फुल्दा असहज महसुस हुनुका साथै दैनिक गरिने कामहरूमा समेत कठिनाई आउन थाल्छ ।

एक वा दुइ पटक सम्म पेट फुल्नुलाई सामान्य नै मान्न सकिन्छ । तर, नियमति पेट फुल्ने समस्या भएमा स्वास्थ्यसम्बन्धि समस्या भएको बुझिन्छ ।

शरीरको पाचनप्रणालीमा रहेका मांशापेशीहरूको चालमा रुकावट आउँदा, पेटमा चाहिनेभन्दा धेरै ग्यास उत्पन्न हुँदा, खराब खानपान, तनाव, औषधि तथा प्रदूषणका कारण पनि पेट फुल्छ ।

खानालाई राम्रोसँग चपाएर नखानाले, चाहिने भन्द धेरै खादा, अत्यधिक चिल्लो र कार्बोहाइड्रेटले भरिएको खाना खानाले, पेटमा संक्रमण भएमा पेट फुल्ने समस्या देखिन सक्छ । पेट फुल्दा पेट दुख्नुका साथै पेट कस्सिने समस्या पनि हुन्छ ।

तर, पेट फुल्नुका साथै अचानक तौल कम हुदै गएमा पेटमा ट्युमर भएको, पेट फुल्नुका साथै अचानक तौल बढेमा कलेजोसँग जोडिएको रोगको संकेत, पेट फुल्नुका साथै कब्जियतको समस्या हुँदा पनि हुने गर्छ ।

यस्तै दिसामा रगत देखिएम कोलोन वा युट्रस क्यान्सरको संकेत, पेट फुल्नुका साथै जन्डिस देखिएमा हेपाटाइटिसको लक्षण र पेट फुल्नुका साथै उल्टी आएर मुखको छाला र जोर्नी दुख्न थालेमा कोलोनसँग जोडिएको समस्याको संकेत हुने सम्भावना अत्यधिक रहन्छ ।

पेट फुल्ने समस्या छ भने यसलाई सामान्य मान्नु भन्दा पनि एकपटक डाक्टरकोमा देखाउन जाँदा उचित हुन्छ ।

Loading...