ट्वाइलाइट अभिनेता विश्वका सबैभन्दा सुन्दर पुरुष घोषित

विराटनगर, ७ फागुन । ट्वाइलाइट अभिनेता रोबर्ट प्याटिनसन विश्वका सबैभन्दा सुन्दर पुरुष घोषित भएका छन् ।

‘गोल्डेन रेसियो अफ ब्युटी फाई’ नामक अनुसन्धानको आधारमा ९२.१५ प्रतिशत सहित ३३ वर्षीय रोबर्टलाई विश्वकै सुन्दर पुरुषको उपाधि दिइएको हो ।

शारीरिक बनावटका आधारमा ‘सुन्दर अनुहार’ मापन गरिने अनुसन्धानमा सबै अंग मापन र अरू अभिनेतासँग तुलनापछि रोबर्ट विजेता भएको फेसियल कस्मेटिक सर्जन डा. जुलियन डी सिल्भियाले बताएका छन् ।

सबै विधामा उत्कृष्ट ५ मा पर्न सफल भएका रोबर्ट ओठ केही पातलो र समतल भएका कारण यो विधामा औसतमा परेको डा. सिल्भियाले थपे ।

त्यस्तै गोल्डेन रेसियो रेटिङका आधारमा ९१.६४ प्रतिशत पाएका अभिनेता हेनरी क्याविलल दोस्रो स्थानमा पर्न सफल भएका छन् भने ९१.०८ प्रतिशतका साथ ब्राडली कुपर तेस्रोमा पर्न सफल भएका हुन् ।

९०. ५१ प्रतिशतका साथ ब्राड पिट चौथो, ८९.९१ प्रतिशतका साथ जर्ज क्लुनी पाँचौ, ८९.६४ साथ ह्यू ज्याकम्यान छैटौं, ८८.९६ साथ डेभिड बेकहम सातौं, ८८.०१ साथ इद्रिस एल्बा आठौँ, ८७.९४ साथ कानिएइ वेस्ट नवौं र ८७.४८ प्रतिशतका साथ रायन गोस्लि दसौं स्थानमा पर्न सफल भएका हुन् ।

डेलीमेलका अनुसार विश्वकी सुन्दर महिलामा भने ९४.३५ प्रतिशतले अभिनेत्री बेला हदिद पहिलो स्थानमा रहेकी छिन् ।

Loading...