‘प्रेमगीत ३’ को विदेशी राइट्स धमाधम बिक्री हुँदै

विराटनगर, ७ फागुन । नयाँ वर्षको अवसर पारेर २८ चैतमा प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’को विदेशी राइट्स धमाधम बिक्री भइरहेको छ ।

केही दिनअगाडि मात्र उत्तर अमेरिका, क्यानडालगायत अफ्रिकी देशहरूका नेपाली दर्शकले पनि फिल्म हेर्न पाउनेगरी ग्लोबल नेपाली अवार्डले ५० लाखमा फिल्मको राइट्स किनेको थियो ।

मंगलबार फिल्मको युके र युरोपका ८ देशका लागि विदेश राईटस् बिक्री भएको फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् ।

निर्माण टिमले करिब ३० लाख नेपाली रुपैयाँ मा बिक्री भएको जानकारी दिएको हो ।

इनास चलचित्र प्रवर्द्धन समिति ग्लोबल संयोजक मनिष श्रेष्ठ र इनास युरोप कोर्डिनेटर सन्तकुमार थापा मगरबिच निर्माण टिमले सम्झौता गरिसकेको छ ।

राम्रो हाइप र ब्रान्डका कारण विदेशमा पनि फिल्मको माग पनि राम्रो रहेको छ ।

फिल्मको लागी मोटो रकम हाल्न वितरक डराएका छैनन् ।

डेढ सय वर्ष अगाडिको कथामा आधारित भएको फिल्ममा अभिनेता प्रदीप खड्का र नवभिनेता मनिष राउतको, शिव श्रेष्ठ, निर्माता सेन, बालकलाकार अनुभव रेग्मी, योगीशा खत्री, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशिर राणालगायतका कलाकारहरूको अभिनय छ ।

Loading...