‘माइकल अधिकारी’मा रवि लामिछाने पनि

विराटनगर, ७ फागुन । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘माइकल अधिकारी’को छायांकन सकिएको छ ।

आइतबार आयोजना गरिएको ‘इन्ड्क्ल्याप’ कार्यक्रममा फिल्मका टिमसहित सञ्चारकर्मी रवि लामिछानेको पनि उपस्थिति रहेको थियो ।

‘माइकल अधिकारी’ को प्रमोशन कार्यक्रममा पुगेका रविले फिल्मको टिशर्ट लगाएर फिल्म आफैँमा राम्रो भएका कारण दर्शक आफैँ आउने हुँदा दर्शकलाई भनिरहनु नपर्ने बताए ।

‘माइकल अधिकारी’ रविका ससुरालीको गोपी कृष्ण मुभिजको ब्यानरमा निर्माण भएको फिल्म हो ।

निर्माण सुरु हुँदै फिल्ममा रविको अभिनय रहने चर्चा पनि निर्माण टिमले यस विषयमा केही बताएको थिएन ।

फिल्मको प्रचारप्रसारमा सहभागी भएका रविको फिल्ममा अतिथि भूमिका निभाएको बताइन्छ ।

रञ्जित रौनियारको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा सौगात र सृष्टीसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समूह परिवर्तन थियटरका कलाकारहरूको अभिनय छ ।

भाडाको कोख अर्थात् सरोगेशीको कथामा निर्माण भएको फिल्म २८ चैत्रमा प्रदर्शनमा आउने पक्का भएको छ ।

फिल्ममा राजुविक्रम थापाको छायाँकन, शैलेश कंडेल क्षेत्रीको पटकथा र संवाद, शम्भूजित बासकोटा र निलेश सिंहको संगीत र कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Loading...