Rumpum Advertisement
Dazzu

पार्लरबाट कपाल तथा छालासम्बन्धी रोगहरू निम्तिन सक्छ

पार्लरबाट कपाल तथा छालासम्बन्धी रोगहरू निम्तिन सक्छ

विराटनगर, ७ फागुन । आजकल राम्रो देख्ने होडबाजीका कारण सानो होस् या ठूलो भोज, पार्टीहरूमा जानुअघि महिला तथा पुरुषहरू ब्युटी पार्लर तथा सलुन गएर सुन्दर बन्न जानछन् ।

आकर्षण देखिने प्रयासमा जानेर वा नजानी त्यस्ता ठाउँहरूबाट विभिन्न रोग तथा संक्रमणहरू पनि संगै आउने गर्छ ।

पार्लरहरूमा प्रयोग गरिने एउटै सामग्री धेरै जना ग्राहकहरूमा प्रयोग गरिन्छ ।

पार्लर सुन्दर र आकर्षण हुनको लागि जाँदा विभिन्न प्रकारको समस्याहरू पनि घर आउने गर्छन् ।

त्यहाँ प्रयोगमा आएका सामानहरू राम्रोसँग सफा नभएमा वा राम्रोसँग सफा नगरिएको खण्डमा पार्लर जाने अधिकांश व्यक्तिहरूलाई संक्रमण हुने सम्भावना धेरै हुन्छ ।

कपाल काट्दा प्रयोग गरिने कैँची, काइयो, दारी काट्ने ब्लेड, रुमाल, मेकअपको ब्रशहरूलाई पार्लरमा आउने धेरै मानिसले प्रयोग गरिरहेको हुन्छन् ।

हरेक पटक सफा नगरी त्यहीँ सामानको प्रयोग गर्दा संक्रमण हुनु स्वाभाविक हो ।

पार्लरमा दैनिक धेरै मानिसहरू आउँछन् । पहिलाबाट संक्रमण भएका मानिसहरूबाट पनि विभिन्न प्रकारका समस्याहरू सर्न सक्छ ।

पार्लरबाट समय अगावै कपाल झर्ने, कपाल फुल्ने, अनुहारमा घाउ, खटिरा आउने, एलर्जी हुने, चिलाउने, खिया लागेको सामान प्रयोग गर्दा लाग्ने टिटानस, हेपाटाइटिस, एचआइभी तथा कपाल र छालासम्बन्धी विभिन्न रोगहरूलाई निम्तिन सक्छ ।

त्यसैले पार्लरको सामानई प्रयोग गर्नुअघि सफा गर्न र पार्लरमा काम गर्ने मानिसलाई आफ्नो हात धुन आग्रह गरी पार्लरमा प्रयोग गरिने सामानहरूको विषयमा राम्ररी बुझेर मात्र प्रयोग गर्न लगाउनुपर्छ ।