सुनको मूल्य अहिलसम्मकै महँगो, अझै बढ्नसक्ने सम्भावना

काठमाडौं, ७ फागुन । सुनको मूल्यमा कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबार सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउमा चार सय रुपैयाँले वृद्धि भइ ७७ हजार १ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सुनको भाउ अझै बढ्नसक्ने सम्भावना छ ।

सुनचाँदी व्यवसायीहरू सुनको मूल्य बढ्नुमा कोरोनाभाइरसको कारण पनि रहेको बताउँछन् ।

Loading...