अस्ट्रेलियामा विमान एक-आपसमा ठोक्किँदा चार जनाको मृत्यु

मेलबोर्न, ७ फागुन । अष्ट्रेलियाको मेलबोर्नको ग्रामिण इलाकामा बुधबार दुई वटा साना विमानहरू आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।

प्रहरीले दुवै विमानमा एक–एक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ ।

ती दुई विमान म्यान्गालोर शहरमा करिब ४ हजार फिटमाथि आकाशमा ठोक्किएका थिए ।

दुवै बिमान कानूनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरूले बताएका छन् ।

Loading...