प्लास्टिकको भाँडा प्रयोग गर्दा गर्भवती महिला तथा बच्चालाई धेरै असर

विराटनगर, ७ फागुन । खान तथा पिउनका लागि प्रयोग गरिने प्लास्टिकका भाँडाले महिला तथा बालबालिकालाई बढी असर गर्ने देखिन्छ ।

प्लास्टिक वा प्लास्टिकजन्य भाँडाका कारण गर्भवती महिला तथा बालबालिकाहरूको स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

प्लास्टिकका भाँडालाई बनाउनका लागि प्रयोग गरिने रसायनले कमजोर प्रतिरोधात्मक क्षमता भएका मानिसहरूलाई बढी हानी गर्ने हुँदा बच्चा, बृद्ध तथा गर्भवती महिलालाई धेरै हानी गर्ने गर्छ ।

महिलाहरू गर्भवती हुँदा शरीरका धेरै हर्मोनहरूमा परिवर्तन आउछ र यस्तो समयमा उनीहरूको प्रतिरक्षा प्रणाली पनि कमजोर भएको हुन्छ ।

प्लास्टिकमा पाइने रसायनले बालबालिका तथा आमाको गर्भमा भएको शिशुको शरीरको बनावट नै परिवर्तन गर्ने गर्छ ।

हानिकारक केमिकलहरूको प्रयोग बढी भएमा प्रजनन् क्षमतामा नकारात्मक असर गरेर बच्चा अपाङ्ग भएर जन्मने सम्भावना धेरै हुने पाइएको हो ।

प्लास्टिकका कारण जन्मेका बच्चाहरूमा मानसिक पक्षघात, शारीरिक अपाङ्गता, मुटुसम्बन्धी रोगहरू देखा पर्न सक्छ ।

प्लास्टिक वा प्लास्टिकजन्य भाँडामा पाइने विभिन्न रसायनले पेटमा रहेको शिशुका साथै ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि विभिन्न रोगहरू निम्त्याउन सक्छ ।

प्लास्टिकजन्य सामग्रीले गर्भवती महिला तथा बच्चाहरूमा आँखा, पेट, फोक्सो तथा मिर्गौलामा समस्या उत्पान गराउँछ ।

त्यस्तै, गर्भवती महिलाहरूमा स्तन क्यान्सर निम्त्याउनुका साथै अन्य महिला र पुरुषहरूमा मधुमेह, मुटुसम्बन्धी रोग, घाँटीको क्यान्सर, धेरै रिस उठ्ने र प्रजनन क्षमतामा असर गर्छ ।

Loading...