यस्तो बन्यो ‘धुलो’ को ट्रेलर (भिडियोसहित)

विराटनगर, ७ फागुन । १६ फागुनमा प्रदर्शनमा आउने फिल्म ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ ।

मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका सबै जसो कलाकारहरूलाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा गरिब परिवारले जिउन, शिक्षा, स्वास्थ्य, र रोजगारीका लागि गरेको दौडधुप देख्न सकिन्छ ।

प्रद्युम्न मिश्रको डेब्यु निर्देशन रहेको फिल्मलाई रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई सामाजिक विषयवस्तुमा आधारित गरेर निर्मण गरिएको हो ।

फिल्ममा बद्धि तामाङ, अग्रज केसी, श्रृजना सुब्बा प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको फिल्ममा विशेष भूमिका रहेको छ ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्ममा लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता र दीपा धरेल सहनिर्माता रहेकी छिन् ।

रबिन आचार्यको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

सुवास सिंह बस्न्यातको लेखनमा तयार भएको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन् ।

Loading...