डान्समा आधारित हुने फिल्म ‘बोर्न टु डान्स’ निर्माण हुँदै

विराटनगर, ६ फागुन । डान्समा आधारित हुने फिल्म ‘बोर्न टु डान्स’ निर्माण हुने भएको छ ।

फिल्म ‘पासवर्ड’ को निर्माण कम्पनी एबी इन्टरनेशनलले उक्त फिल्म निर्माण गर्ने घोषणा गरेको हो ।

निर्माण कम्पनीले ड्रिम प्रोजेक्टको रूपमा रहेको फिल्मको नाम ‘वोर्न टू डान्स’ राखिएको छ ।

फिल्मको निर्माण घोषणासँगै लोगो पोस्टर पनि सार्वजनिक गरिएको हो ।

फिल्म आगामी वर्ष प्रदर्शन हुने निर्माण टिमले बताएको छ ।

डान्सको विषयमा सत्य कथामा आधारित भएको फिल्मलाई अमन तामाङले निर्देशन गर्दै छन् ।

फिल्ममा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहने छ ।

फिल्मका निर्माताका अनुसार विगत ५ वर्षदेखि फिल्मको काम भइरहेको भएपनि फिल्मको मुख्य कलाकारमा नृत्यमा पोख्त कलाकारको आवश्यकता पर्ने भएकाले टुङ्गो नभएको बताए ।

फिल्मको प्रदर्शन नेपाल, अमेरिका र क्यानडामा हुनेछ ।

नेपालमा वर्षौदेखि लभस्टोरी, कमेडी र एक्सन जनरामा फिल्म बन्ने भए पनि पहिलो पटक डान्समा आधारित फिल्म बन्न लागेको निर्देशक अमनले बताए ।

फिल्म बलिउडमा बन्ने गरेका डान्समा आधारित फिल्मभन्दा फरक हुने र फिल्म राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने उनले थपे ।

एबी इन्टरनेशनलले निर्माण गरेको हिन्दी फिल्म ‘लैला मञ्जु’ छायांकनमा छ भने नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ आगामी भदौ ५ गते रिलिज हुँदै छ ।

Loading...