तौल घटाउनका लागि उत्तम उपाय ‘ग्रीन टी’

विराटनगर, ६ फागुन । धेरैजसो कालो चिया, दूध हालेको चिया, अदुवा चिया, मसला चिया तथा विभिन्न प्रकारका चियामध्ये ग्रीन टी स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।

ग्रीन टीले शरीरमा रहेका विभिन्न समस्याहरूको समाधान गर्न मद्धत गर्छ ।

एक दिनमा दुई वा तीन कपभन्दा बेसी ग्रीन टीको सेवन गर्न सकिन्छ ।

ग्रीन टीमा दूध र चीनी मिसाएर कहिल्यै पनि पिउनु हुँदैन ।

ग्रीन टीमा चिनीको सट्टामा मह मिसाएर पिउन सकिन्छ ।

खाली पेटमामा खाना खाइ सकेपछि तुरुन्त ग्रीन टीको सेवन गर्नु हुँदैन ।

ग्रीन टीमा न्यून क्यालोरी हुन्छ । त्यसैले, ग्रीन टी तौल घटाउनका लागि उत्तम मानिन्छ ।

कलेजोको समस्या, मधुमेह, दाँतको सडन, छालासम्बन्धी विभिन्न समस्या, आर्थराइटिसका लागि पनि सकारात्मक असर पार्छ ।

ग्रीन टीको सेवन नगर्नेहरूमा भन्दा गर्नेमा क्यान्सर हुने सम्भावना ५० प्रतिशत कम हुने गर्छ ।

ग्रीन टीमा पाइने पोलिफेनल तत्वले क्यान्सरयुक्त कोषिकालाई मारेर शरीरमा क्यान्सरलाई फैलिनबाट बचाउँछ ।

ग्रीन टीको सेवनले स्ट्रोक, ट्युमर, फोक्सो, प्रोस्टेट, छाला तथा पेटको क्यान्सर, महिलाहरूमा हुने स्तन, ब्लाडर, पाठेघरको क्यान्सर लाग्ने सम्भावना घटाउँछ ।

ग्रीन टीलाई मुटु र मानसिक स्वास्थ्य तथा शरीरको तापक्रमलाई नियमित राख्न, रगतको बहाव रोक्न, घाउ छिट्टै निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्नका लागि प्रयोग गरिन्छ ।

तर, ग्रीन टीको धेरै सेवनले रिंगटा लाग्ने, वान्ता आउने, कमजोरी हुने जस्ता समस्या देखिन थाल्छ ।

Loading...