‘युगदेखि युगसम्म २’ बाट कमब्याक गर्दै राजेश हमाल

विराटनगर, ६ फागुन । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निम्फ)मा उपस्थित रहेका अभिनेता राजेश हमालले आफ्नो अभिनय यात्राका, परिवार तथा आगामी योजनाका बारेमा बताएका छन् ।

३० वर्षभन्दा बढी अभिनय र फिल्म क्षेत्रको नजिक रहेर बिताएपनि आफूलाई अभिनय गर्ने धोको नपुगेको उनी बताउँछन् ।

विगत ३ वर्षयता कुनै पनि फिल्ममा नदेखिएका उनी नयाँ शैलीमा प्रस्तुत हुने चाहनाले बीचको समयमा अध्ययन गरिरहेको बताए ।

दर्शकमाझ आफ्नो आगमन नयाँ तरिकाले गर्ने योजना बारे खुलाउँदै आफू पनि फिल्मको निर्देशन गर्ने तयारीमा रहेको बताए ।

फिल्मको निर्देशनको लागि तयारी भएको बताएको भोलिपल्टै उनले इन्स्टाग्राममा ९ वर्षअगाडि खिचिएको एक तस्बिर सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरेको तस्बिरमा उनले ‘युगदेखि युगसम्म–२’ भनेर लेखेका छन् ।

युगदेखि युगसम्म हमालको पहिलो र सफल फिल्म हो ।

हमालले आफ्नो सफल र मुख्य भूमिका निभाएको पहिलो चलचित्र ‘युगदेखी युगसम्म’ को सिक्वेलबाट निर्देशनमा हात हाल्न आँटेको तस्बिरबाट अनुमान लगाउन सकिन्छ ।

View this post on Instagram

Yug Dekhi Yug Samma 2..

A post shared by Rajesh Hamal (@hamalrajesh) on

Loading...