सातुले शरीरको तौल घटाएर मोटोपना हुन दिँदैन

विराटनगर, ६ फागुन । मकै, चना, जौ अर्थात् कोदोको प्रयोग गरेर वा मिश्रण गरेर बनाइएको सातुको नियमित सेवनले स्वास्थ्यमा फाइदाजनक हुन्छ ।

प्रोटिनको मात्रा अत्यधिक हुने तथा धेरै किसिमका पोषक तत्वहरू पाइने हुँदा सातुको सेवनले शरीरमा तत्कालै ऊर्जा प्रदान गर्ने काम गर्छ ।

सातुले शरीरको तापक्रमलाई नियन्त्रणमा ल्याउन मद्दत गर्छ ।

पटक–पटक भोक लागिरहने वा खाना खाँदा सन्तुष्ट नहुने व्यक्तिहरूका लागि सातु निकै उपयोगी हुन्छ ।

सातु खाएपछि लामो समयसम्म भोकको अनुभव हुँदैन ।

यसले भोकको अनुभुति हटाउने भए पनि शरीरलाई कमजोर हुन दिँदैन ।

भोक धेरै नलाग्ने भएपछि शरीरको अनावश्यक तौललाई नियन्त्रणमा ल्याएर मोटोपनबाट हैरान भएका मानिसहरूका लागि मानिन्छ ।

सातुले पाचन प्रक्रियालाई सक्रिय बनाएर खानेकुरालाई सजिलैसँग पचाइ एसिडिटी, कब्जियत तथा पेटमा हुने विभिन्न समस्याहरूलाई ठीक गर्छ ।

सातुको नियमित सेवनले मधुमेह, उच्च रक्तछाप, कोलेस्ट्रोल, मुटुसम्बन्धी रोग तथा लिभरमा हुने समस्याबाट पनि जोगाउन मद्दत गर्छ र भएकाहरूलाई समेत लाभदायक मानिन्छ ।

सातुको नियम्नित सेवनले हड्डी तथा मांसपेशीको विकासमा मद्दत पुर्‍याएर छालालाई सफा, चम्किलो बनाइ छिट्टै चाउरी पर्न दिँदैन ।

सातुमा कागतीको रस, नुन, पानी र जीरा मिश्रण गरेर सेवन गर्न सकिन्छ ।

Loading...