नेयमारसहितको पीएसजीलाई डर्टमुण्डको चुनौती

एजेन्सी, ६ फागुन । आजबाट युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका खेल सुचारु हुँदैछन् ।

आजबाट अन्तिम १६ को पहिलो लेगका खेलहरू हुनेछन्, जसमा आज दुई खेल हुनेछन् ।

आज फ्रान्सको च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग खेल्दैछ ।

psg

यो खेल डर्टमुण्डको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

यस खेलमा दुवै टोली एक अर्कालाई हराउँदै अघिल्लो चरणका लागि बलियो अवस्थामा पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

यसअघि डर्टमुण्डले स्लाभिया प्रहालाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो भने पीएसजीले यहाँसम्म आउनका लागि गालातासरेलाई हराएको थियो ।

यस खेलका लागि ब्राजिलियन स्टार नेयमार पीएसजी को टोलीमा फर्किएका छन् ।

लामो समयदेखि च्याम्पियन्स लिगमा सहभागिता नजनाएका उनी डर्टमुण्डविरुद्धको खेलबाट च्याम्पियन्स लिगमा फर्किँदैछन् ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले नेयमारलाई डर्टमुण्डविरुद्धको टोलीमा राखेका हुन् । केही समयअघि घाइते भएका नेयमारले पछिल्ला ४ खेल खेलेका छैनन् ।

उनका साथै डर्टमुण्डविरुद्धको टोलीमा इडिन्सन काभानी, किलियन एम्बाप्पे, एन्जल डी मारिया र इडिन्सन काभानी जस्ता खेलाडी रहेका छन् ।

यस्तै आजको अर्को खेलमा साविकको विजेता लिभरपुलले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग खेल्नेछ । यो खेल एथ्लेटिकोको मैदानमा वान्डा मेट्रोपोलिट्यानो स्टेडियममा हुनेछ ।

यसअघि एथ्लेटिकोले लोकोमोटिम मोस्कोलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो । यता, लिभरपुलले भने साल्स्जबर्गलाई हराउँदै यहाँसम्म स्थान बनाएको हो ।

Loading...