मिलान तीन वर्षयता पहिलोपटक घरेलु मैदानमा लगातार ९ खेलमा अपराजित

एजेन्सी, ६ फागुन । इटालियन क्लब एसी मिलान तीन वर्षयता पहिलोपटक घरेलु मैदानमा लगातार ९ खेलमा अपराजित रहने टोली बनेको छ ।

सन् २०१७ यता मिलान पहिलोपल्ट घरेलु मैदानमा लगातार ९ खेलमा अपराजित छ ।

सोमबार राति भएको खेलमा मिलानले टोरिनोमाथि १–० गोलको साँघुरो जित निकालेको थियो ।

यस जितसँगै ऊ घरेलु मैदानमा लगातार ९ खेलमा अपराजित रहने क्लब बन्यो ।

मिलानले टोरिनोभन्दा अगाडि युभेन्टससँग १–१ गोलको बराबरी खेलेको थियो भने त्यसअघि भेरोनासँग पनि एक–एक गोलको बराबरी खेलेको थियो ।

त्यसअघि कोपा इटालियामा टोरिनोलाई नै ४–२ गोलले हराएको उसले स्पलमाथि ३–० गोलको जित निकालेको थियो ।

साम्पोडोरिया र सासुलोसँग गोलरहित बराबरीमा रोकिएको मिलानले त्यसअघि नापोलीविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो ।

टोरिनोसँगको खेलमा मिलानलाई जिताउन एन्टे रेबिकले निर्णायक गोल गरेका थिए । हाल मिलान २४ खेलबाट ३५ अंक जोड्दै आठौं स्थानमा छ ।

Loading...